फरक रगतले भएको सुत्केरी मृत्यु प्रकरण : प्रशासन मौन, न्याय पाउनेमा शंका
टुडेपाटी-
जनकपुरधाम, भदौ १९ गते ।
फरक समुहको रगत चढाउँदा रामजानकी हस्पिटलमा अकालमै ज्यान गुमाएकी सुत्केरीले न्याय पाउनेमा आशं देखिएको छ । जनकपुरको रामजानकी हस्पिटलमा ‘ओ’ पोजेटिभको साटो ‘बीे’ पोजेटिभ रगत चढाउँदा गएको साउन २२ गते राति महोत्तरीको गौशाला नगरपालिका ११ बस्ने २३ वर्षीय गंगा देवी महतोको मृत्यु भएको थियो ।
घटनाको एक महिला बित्न लाग्दा पनि मृतकको शवको पोस्टमार्टम रिपोर्ट अहिलेसम्म आएको छैन । विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा गरिएको गंगादेवीको पोस्टमार्टम रिपोर्ट अहिलेसम्म नआएको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।
परिवारजनले भवितव्य ज्यान मुद्दा दर्ता गराएको र पोष्टमार्टम रिपोट आएपछि त्यसको आधारमा कारबाही प्रक्रिाय अघि बढाउने प्रहरी उपरीक्षक बस्नेतको भनाइ छ ।
घटनाको एक महिना बित्न लाग्दा समेत यस्तो संवेदनशील घटनामा प्रहरी प्रशासनको चाँसो नदेखिएकाले गंगादेवीले न्याय पाउनेमा जनस्तरमा आशंका उत्पन्न भएको छ ।
साउन २२ गते व्यथा लागेपछि गंगादेवी बिहानै अस्पताल भर्ना भएकी थिइन् । शल्यक्रियामा मार्फत छोरी जन्माएकी उनलाई रगतको आवश्यक्ता भएपछि ओ पोजेटिभको साटो बी पोजेटिभ रगत अस्पतालले चढाउँदा उनको तत्ककालै मृत्यु भएको थियो ।
घटना पश्चात अस्पतालले समेत फरक समुहको रगत चढाउँदा गंगादेवीको मृत्यु भएको स्वीकार गरेका थिए । गंगादेवीका परिवारजनले दोषीमाथि कारबाहीको माग गर्दै लास उठाउन मानेका थिएनन् । तर अस्पतालले साउन २३ गते राति गुण्डा र दलाल प्रयोग गरी कारबाही प्रक्रिायमा नजाने सर्तमा परिवारजनलाई ५ लाख रुपैयाँ दिएर घटना मिलाएको थिए । त्यसपछि साउन २४ गते उनको शवलाई पोष्टमार्टमको लागि प्रदेशिक अस्पताल जनकपुर ल्याइएको थियो । यहाँ फरक समुहको रगत चढाएर मृत्यु भएकाको शवको पोष्टमार्टम गर्ने उपकरण नहुँदा धरान पठाइएको थियो ।
Sponsored
अस्पतालले पावर र पहुँचको आडमा प्रहरी प्रशासनलाई मृतक परिवार जस्तै रकमको चलखेल गरी मिलाएको हुन सक्ने स्थानीयको आशंका छ ।
यता माइत पक्षले जसले जे सुकै गरेपनि आफ्नो छोरीलाई अकालमै ज्यान लिने दोषीमाथि कारबाही हनुपर्ने माग गरेका छन् ।
मृतक गंगादेवीकी बुबा प्रवेश महतोले छोरीलाई आकालमै ज्यान लिनेलाई काडा काबारही हुनुपर्ने माग गरेका छन् । ‘गलत रगत चढाएँदा मेरो छोरीको अकालमै ज्यान गुमाएकी छन् । मेरो छोरीलाई न्याय चाहिन्छ । दोषीहरुमाथि काडा कारबाही हुनुपर्यो’ गंगादेवीकी बुबा प्रवेश महतोले भने ‘यहाँ पैसा लिएर घटना मिलाएको कुरा सुनिरहेको छु । मेरो कतैपनि सहमति छैन । कसले पैसा लियो के गर्यो मलाई थाहा छैन । मैले कतै पनि हस्ताक्षर गरेको छैन । केवल दोषीलाई कारबाही र मोरो छोरीलाई न्याय चाहिन्छ ।’
सम्बन्धित समाचार–