TodayPati

जनकपुरको रामजानकी अस्पतालमा ‘ओ’ पोजेटिभको साटो ‘बी’ पोजेटिभ रगत चढाउँदा सुत्केरीको मृत्यु

टुडेपाटी-

जनकपुरधाम, साउन २३ गते ।

अस्पताल र रेडक्रसको लापरवाहीले जनकपुमरा एक सुत्केरीको ज्यान गएको छ । जनकपुर स्थित रामजानकी अस्पतलामा महोत्तरी गौशाला नगरपालिका ११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको ज्यान गएको हो ।

Sponsored

‘ओ’ पोजेटिभ ब्लड ग्रपुको साटो ‘बी’ पोजेटिभ ब्लड चढाउँदा बिहीबार राति गंगादेवीको मृत्यु भएको हो ।

व्यथा लागेपछि बिहीबार अपराहन्न ४ बजे उनलाई अस्पतालमा भर्ना गरिएको थियो । अप्रेशन मार्फत गंगादेवीले छोरी जन्माएकी थिइन् । छाेरीकाे अवस्पथा समान्य छ । पिछ सुत्केरीकाे शरीरमा रगत अभाव भएको थियो । अस्पतालले सुत्केरीको रगत सेम्पलसहित रगत लिन आफन्तलाई रेडक्रसमा पठाएको थियो ।

रेडक्रसले दिएको दुईपोका रगत चढाएपछि सुत्केरी झनै सिकिस्त हुँदा चेकजाँच गरेपछि ओ पोजेटिभको ठाउँमा बी पोजेटिभ रगत चढेको पत्ता लागेको थियो । त्यसको केहि बेर पश्चात सुत्केरीको मृत्यु भएको मृतककी पति राजकिशोर महतोले टुडेपाटीलाइ बताए ।

Sponsored

अस्पतालले भने अनुसार नै सेम्पल लिएर गएर रेडक्रसबाट रगत ल्याएको र त्यहिँ मध्ये एउटा पोका बी पोजेटिभ रगत अस्पतालले चढाएकोले श्रीमतीको मृत्यु भएको भन्दै उनले अस्पताल र रेडक्रसलाई कारबाहीको माग गरेका छन् ।

दोषी अस्पताल र रेडक्रसलाई कारबाही र क्षतिपुर्ति नदिएसम्म श्रीमतीको शव नठाउने उनले बताए ।
यत अस्पताल प्रशासनले रेडक्रसको लापरबाहीले सुत्केरीको जिउमा ओको ठाउँमा बी पोजेटिभ चढेको दावी गरेको छ । अस्पतालका सञ्चालक गणेश साहले अस्पतालले पठाएको सेम्पल अनुसार रेडक्रसले रगत दिएको र त्यहि चढाएकाले यसमा अस्पतालको कुनै लापरबाही नभएको दावी गरे ।

यता रेडक्रस सोसाइटी जनकपुरका सभापति रामनरेश सिंहले रेडक्रसको लापरवाही नभएको दावी गरे । उनले अस्पतालले पठाएको सेम्पल अनुसार नै रगत पठाएको र अस्पताल आफु बाँच्नको लागि रेडक्रसमाथि आरोप लगाइरहेको बताए । यहाँबाट पठाएको रगत समेत क्रस चेक गररी मात्र बिरामीलाई चिकित्सकले चढाउनु पर्ने उनको भनाइ छ । यस घटनाको विषयमा आफुलाई समान्य जानकारी भएकाले थप कुरा बुझिरहेको उनले बताए ।

बिरामीको शरीरमा गलत रगत चढाउनुमा रेडक्रस र अस्पताल पक्ष उतिकै दोषी भएको चिकित्सकहरुले बताएका छन् । ‘रेडक्रसले सेम्पल अनुसार रगत दियो । त्यो रगत ग्रुप बिरामीको रगतसंग मेल खाने छ वा छैन अस्पतालले पनि क्रस चेक गर्नुपर्ने हो । हुन सक्छ बिरामीको शरीरमा भएको रगतसंग मेल नखनो मिस्टेकले रेडक्रसले पठाएको छ । त्यसैले यो घटनामा दुबै पक्ष जिम्मेबार छ ।’ जनकपुरका एक चिकित्सकले टुडेपाटीसंग भने ।

रामजानकी हस्पिटलमा उपचार भन्दा अनावश्यक रुपमा बढी रकमको बिल बनाउने क्रममा चिकित्सकको लापरबाहीले पटक पटक विरामीको मृत्यु हुने घटना सार्वजनिक हुँदै आएको छ ।

रामजानकी हस्पिटलमै एकवर्ष अगाडि ५ असार २०७६ मा समान्य बिरामीलाई पैसा कमाउने चक्करमा अत्यधिक र कडा औषधि प्रयोग गर्दा मृत्यु भएको थियो । धनुषाको बटेश्वर गाउँपालिका ३ बस्ने ५२ वर्षका बिन्देश्वर ठाकुरको रामजानकी हस्पिटलको लापरवाहीले मृत्यु भएको थियो । उक्त घटना सार्वजनिक भएपछि हस्पिटलले प्रहरी प्रशासनको मिलेमतोमा मृतक परिवारलाई साढे ४ लाख रुपैयाँमा सम्झौता गरी ढाकछोप गरेको थियो ।

त्यस यता पनि अस्पतालमा बेला बेला चरम लापरवाहीको कारण बिरामीहरुको मृत्यु हुने गरको छ । तर अस्पतालले राजनीति शक्ति र पैसाको आडमा घटनाहरुलाई ढाकछोप गर्दै आएको छ । तर प्रशनसनले हालसम्म यो हस्पिटलमाथि कारबाही गर्न कुनै पनि पहलकदमी लिएको छैन ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *