TodayPati

सुत्केरी मृत्यु प्रकरण : रामजानकी हस्पिटलबाट २४ घण्टामा पनि उठेन शव

टुडेपाटी-
जनकपुरधाम, साउन २३ गते ।

फरक समुहको रगत चढाउँदा मृत्यु भएकी सुत्केरीको २४ घण्टा पश्चात पनि अस्पतालबाट शव उठ्न सकेको छैन । मृतक परिवारले क्षतिपुर्ति र दोषीलाई कारबाहीको माग गर्दै अडानमै बसेपछि मृतक सुत्केरीको शव उठ्न नसकेको हो ।

जनकपुरको रामजानकी अस्पतालमा ओ पोजेटिभ ग्रुपको साटो बी पोजेटिभ गु्रप रगत चढाउँदा महोत्तरीको गौशाला नगरपालिका ११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको बिहीबार राति ८ बजे मृत्यु भएको थियो । उनले केहिबेर अगाडी सल्यक्रिया मार्फत छोरी जन्माएकी थिइन् । पछि रगत अभाव हुँदा रेडक्रसबाट रगत ल्याएर क्रस चेकगरी ओको साटो बी पोजेटिभ रगत चढाउँदा सुत्केरी गंगादेवीको मृत्यु भएको थियो ।

Sponsored

मृत्यु घटना पश्चात दुई बुँदै माग राख्दै परिवारजनले शव उठाउन नदिने अडानमा छन् । घटना सार्वजनिक हुँदा प्रहरीले अस्पतालका दुईजना चिकित्सकलाई पक्राउ समेत गरेको छ । घटनामा अस्पतालले रेडक्रस र रेडक्रसले अस्पतालमाथि दोष थुपार्दै पन्छिन खोजेका छन् ।

शुक्रबार दिउँसो अस्पताल र मृतकका पक्षबिचको बार्ता विना निष्कर्श सकिएको छ । क्षतिपुर्ति र दोषीलाई कारबाही विनै प्रहरीले लास उठाउन दबाब दिएको परिवारजनले बताएका छन् ।

राति सुत्केरीको मृत्यु भएपछि शुक्रबार बिहान मृतक पक्षले अस्पताललाई गुनासो गर्दा अस्पताल पक्षले आफ्ना बाउण्सर बोलाएर धाकधम्की समेत देखाएको पीडित पक्षको आरोप छ ।

Sponsored

सम्बन्धित समाचार

अर्कै ग्रुपको रगत चढाउँदा सुत्केरीको मृत्युपछि रामजानकी हस्पिटलका दुई डाक्टर पक्राउ

जनकपुरको रामजानकी अस्पतालमा ‘ओ’ पोजेटिभको साटो ‘बी’ पोजेटिभ रगत चढाउँदा सुत्केरीको मृत्यु

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *