TodayPati

अर्कै ग्रुपको रगत चढाउँदा सुत्केरीको मृत्युपछि रामजानकी हस्पिटलका दुई डाक्टर पक्राउ

टुडेपाटी-
जनकपुरधाम, साउन २३ गते ।

अर्कै समुहको रगत चढाउँदा सुत्केरीको मृत्यु भएपछि जनकपुर स्थित रामजानकी अस्पतालका दुई चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । र्दुइजना चिकित्सकलाई पक्राउ गरी अनुसन्धान भइरहेको धनुषाका प्रमुख ज्लिला अधिकारी प्रेमप्रसाद भट्टराईले टुडेपाटीलाई जानकारी दिए ।

ओ पोजेटिभ रगत समुहको ठाउँमा बी पोजेटिभ रगत चढाउँदा बिहीबार राति रामजानकी अस्पतालमा सुत्केरी भएकी महोत्तरीको गैशाला नगरपालिका ११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको मृत्यु भएको थियो । उनी बिहीबार अपराहन्न मोटरसाइकलमै बर्दिबासको स्वस्तिक अस्पतालबाट सुरक्षितसाथ सल्यक्रिया मार्फत सुत्केरी हुन रामजानकी अस्पतालमा आएकी थिइन् । सल्यक्रिया मार्फत छोरी जन्माएको केहिछिनमै रागतको अभाव हुँदा अस्पतालले रेडक्रसबाट रगत ल्याउन सेम्पल दिएर उनका पति राजकिशोर महतोलाई पठाएको थियो ।

Sponsored

पति राजकिशोरले ल्याएको रगत चेक नगरी चढाउँदा सुत्केरीलाई ओ पोजेटिभ रगतको साटो बी पोजेटिभ रगत चढाइएको थियो । त्यसको केहि बेरमै रिएक्सन गरी महिलाको मृत्यु भएको थियो ।
अस्पताल र रेडक्रसको चरम लापरबाहीले मृत्यु भएको भन्दै परिवारजनले दोषीमाथि कारबाही र क्षतिपुर्तिको माग गरेका छन् ।

सबभन्दा पहिले चरम लापरवाही घटनाको समाचार सम्प्रेशन गरेपछि दोषी पत्ता लगाएर कारबाही गर्न प्रशासनले एक्सन लिएको छ ।

जनकपुरको रामजानकी अस्पतालमा ‘ओ’ पोजेटिभको साटो ‘बी’ पोजेटिभ रगत चढाउँदा सुत्केरीको मृत्यु

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *