धनुषामा कोरोनाबाट भारतीय पुरुषको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, भदौ १९ गते ।
धनुषामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु छ । योसँगै धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
भारतको आन्ध्रप्रदेशको विशाखापटनम घर भई धनुषामा बस्दै आएका ६५ वर्षीय पुरुषमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका- ३ रमदैयास्थित लोमस प्यारेन्टेरल एण्ड फोरमुलेसन प्रा.लिमा विगत ४ वर्ष देखि जेनेरल म्यानेजरको रुपमा कार्यरत्त पुरुषको कम्पनीकै आवशगृहमा बिहीबार बिहान मृत अवस्थामा शव फेला परेको थियो ।
नेपाली सेनाको टोलीले बिहीबार नै शव व्यवस्थापन गरेको छ ।
Sponsored