TodayPati

थमन बिक हत्या प्रकरण: चौधरी पुर्पक्षका लागि जेल चल

टुडेपाटी

जनकपुरधाम, मंसिर ७ गते

शस्त्र प्रहरीका सई थमन बिक हत्या प्रकरणमा संलग्न फरार एक अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।

महोत्तरीको जलेश्वर नगरपालिका–६ निवासी ५५ वर्षीय देवेन्द्र चौधरीलाई जलेश्वर कारागार पठाइएको हो।

महोत्तरी जिल्ला अदालतको आदेशअनुसार, कर्तव्य ज्यान मुद्दामा उनी बिहीबार पुर्पक्षका लागि जेल चलान भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।

चौधरीलाई प्रहरी टोलीले कात्तिक २ गते जलेश्वर नगरपालिका–१ स्थित रामानन्द बिशेश्वर महेन्द्र क्याम्पस अगाडिबाट पक्राउ गरेको थियो। उनीमाथि दोस्रो मधेश आन्दोलनका क्रममा २०७२ साल भदौ २५ गते महोत्तरीमा सई थमन बिकको हत्यामा संलग्न रहेको आरोप छ।

अदालतको आदेशपछि चौधरीलाई कानुनी प्रकृियाका लागि कारागार चलान गरिएको हो।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *