TodayPati

सुत्केरी मृत्यु प्रकरण : गुण्डा भिडाएर ५ लाखमै मिलायो घटना, छुटे डाक्टर, उठ्यो लास

शैलेन्द्र क्रन्ति-
जनकपुरधाम, साउन २४ गते ।

फरक समुहको रगत चढाउँदा राजमानकी हस्पिटलमा मृत्यु भएको सुत्केरीको घटना दोषीलाई कारबाही नगर्ने सतर्मा ५ लाखमा डिल भएको छ । काबाही बाट बच्न अस्तालले डरत्रास देखाउँदै ५ लाख रुपेयाँमै मिल्न बाध्य पारेको मृतक परिवारले जनाएको छ ।

गएको बिहीबार राति ८ बजे रामजानकी हस्पिटलको चरम लापरबाहीले महोत्तरीको गौशाला नगरपालिका ११ बस्ने भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको मृत्यु भएको थियो । ओ पोजेटिभको साटो बी पोजेटिभ रगत चढाउँदा मृत्युभ एको अस्पताल सञ्चालक सञ्चालक गणेश साहले समेत स्वीकार गरेका छन् । तर उनले लापरबाही अस्पतालको नभइ रेडक्रसको रहेको आररोप लगाएका छन् ।

Sponsored

गलत रगत चढाएर सुत्केरीको ज्यान लिने दोषीमाथि कडा कारबाही र क्षतिपुर्तिको माग गर्दै परिवारजनले २४ घण्टासम्म शव उठाउन दिएन । तर शुक्रबार अस्पताल र मृतक परिवारबिच दोषीमाथि कारबाही प्रक्रियामा नजाने सर्तमा पाँचलाख रुपैयाँमा दुबैपक्षबिच डिल भएको हो । त्यसपछि शनिबार बिहान सवको मुचुल्का गरी मृतक परिवारले शव उठाउन दिएको छ । अहिले सुत्केरीको शव पोस्टमार्टमको प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

यता पीडित परिवारले अस्पतालको गुण्डागर्दीले असुरक्षित महससु गरी राति नै पाँच लाख रुपैयाँ लिने सहमति गरेको अरोप लगाएको छ । मृतक परिवार तर्फका राजेश महतोले पटक पटक अस्पतालले गुण्डाहरु बोलाएर मिलिहाल, शव उठाइहाल भन्ने धाकधम्की दिने गरेको कारण मिल्नु परेको आरोप लगाए ।

‘अस्पतालले घटाना मिलाउन पटक पटक गुण्डा बोलाएर हामीलाई धम्की दियो । हामी असुरक्षित भएपछि कसैलो साथ नदिँदा राति नै मिल्ने कुरामा बाध्य भएर सहमत भएका हौं’ उनले भने ।
पीडित परिवारका अनुसार बिहीबार राति सुत्केरीको मृत्यु हुँदा अस्पतालले शुक्रबार बिहानै आफ्ना गुण्डाहरु बोलाएर धाकधम्की दिँदै शव उठाउन समेत धाकधम्की दिएका थिए ।

Sponsored

छुटे पक्राउ परेका २ डाक्टर

सुत्केरीको मृत्यु पश्चत पक्राउ परेका राजमानकी अस्पतालका दुईजना डाक्टर समेत छुटेका छन् । कारबाही गर्ने कुनै आधार नभएपछि दुबैजना डाक्टरलाई अस्पतालको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मगेन्द्र विष्टले टुडेपाटीलाई बताए ।

‘पीडित परिवारले यो घटनालाई भवितव्य मुद्दा बनाएर कमजोर बनाएका छन् । पीडित परिवारले अस्पतालको लापरबाही नभएको भन्दै भवितव्य ज्यान मुद्दा दर्ता दर्ता गराउन लागेका छन् । कारबाही गर्न हामीलाई आधार चाहिन्छ’, प्रहरी नायव उपरीक्षक विष्टले टुडेपाटीसंग भने ‘अब मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यो घटनाको विषयमा कारबाही प्रक्रिया अघि बढाउन सकिन्छ।’

पटक पटक ज्यान लिने घटना

यस रामजानकी अस्पतालमा पटक पटक चरम लापरबाहीले बिरामीको मृत्यु हुने गरेपनि पैसा र राजनैतिक शक्तिको आडमा घटनाहरुलाई मिलाउने गरिएको छ । एक वर्ष अघि ५ असार २०७६ मा समान्य बिरामीलाई अत्यधिक र कडा औषधि प्रयोग गरेपछि घटना भएको थियो ।

जसमा धनुषाको बटेश्वर गाउँपालिका ३ बस्ने ५२ वर्षका बिन्देश्वर ठाकुरको अस्पतामा मृत्यु भएपछि अस्पतालले प्रहरी प्रशासनको मिलेमतोमा मृतक परिवारलाई साढे ४ लाख रुपैयाँमा दिएर घटना ढाकछोप गरेको थियो ।

रामजानकी अस्पतालको लपरबाही ढाकछोपको विषयमा गएको वर्ष नागरिक दैनिकमा आएको समाचार ।

यस्तो घटना यो अस्पतालमा पटक पटक हुने गरेपनि कारबाहीको लागि कुनै चाँसो नलिँदा प्रहरी प्रशासनको समेत मिलेमतो छ की भन्ने प्रश्न उठ्ने गरेको छ ।

सम्बन्धित समाचार

सुत्केरी मृत्यु प्रकरण : रामजानकी हस्पिटलबाट २४ घण्टामा पनि उठेन शव

अर्कै ग्रुपको रगत चढाउँदा सुत्केरीको मृत्युपछि रामजानकी हस्पिटलका दुई डाक्टर पक्राउ

जनकपुरको रामजानकी अस्पतालमा ‘ओ’ पोजेटिभको साटो ‘बी’ पोजेटिभ रगत चढाउँदा सुत्केरीको मृत्यु

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *