रामउदगारको परिवारलाई वैदेशिक रोजगारमा रहेका कमलेश र विनोदको ६३ हजार सहयोग
टुडेपाटी-
जनकपुरधाम, मंसिर ११ गते ।
धनुषाको बटेश्वर गाउँपालिका १ सोनापुरका रामउदगार महतोको परिवारलाई वैदेशिक रोजगारमा रहेका दुई युवकले ६३ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । मलेसियामा रहेका धनुषाको बटेश्वर गाउँपालिका १ का कमलेश महतो र वडा नम्बर २ का विनोद महतोले संयुक्त रुपमा रामउदगारको परिवारलाई ६३ हजार रुपैयाँ प्रदान गरेका हुन् ।
मजदुरी गरेर कमाएकोबाट दुबैजनाले विदेशबाट पठाएको ६३ हजार रुपैयाँ र त्यसमा आफूले दुई हजार रुपैयाँ थप गरी कमलेशका दाई विमलेशले ६५ हजार रुपैयाँ मृतक रामउदगारलाई मंगलबार घरमै पुगेर हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरणको बखत आर्थिक सहयोगको लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका फुलगेन महतो मगहीसहित भरभलादमीको उपस्थिति थियो ।
घर चलाउने रामउदगारका एकलो छोरा लालबाबु महतोको गत साउन २३ मा मस्तिष्कघातले मृत्यु हुँदा घरपरिवारको अवस्था दयनीय बनेको छ । छोराको शोकसँगै नवविवाहिता विधवा दुल्ही पक्षलाई दिनुपर्ने तीन लाख र विगतको १२ लाख घरको ऋणले बेचैन बबनेका छन् । संचारकर्मीसमेत रहेका युवा अभियन्ता फुलगेन मगहीले आर्थिक संकलन अभियान चलाउँदा रामउदगारको खातामा र नगद जम्मा भइरहेको छ ।
Sponsored