अर्थमन्त्री डा. युवराज खतिवडाले दिए राजीनामा
टुडेपाटी-
काठमाडौं, भदौ १९ गते ।
सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् ।
शक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकका क्रममा खतिवडाले प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् ।
सरकारले राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने भएपछि खतिवडाले राजीनामा दिएका हुन् । आजको बैठकले राष्ट्रिय सभा सदस्यमा उपाध्यक्ष गौतमलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी छ ।
संवैधानिक हैसियतामा शनिबारदेखि खतिवडाले मन्त्रीको हैसियतमा काम गर्न नमिल्ने भएपछि आजै राजीनामा दिएका हुन् ।
Sponsored