मधेशमा मन्त्री परिषद् विस्तार, पाँच मन्त्री नियुक्त

टुडेपाटी-जनकपुरधाम, जेठ १२ गते । मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मन्त्री परिषद विस्तार गरेका छन् । तीन दलबीच १५ बुँदे सहमति पश्चात उनले मन्त्री परिषदलाई पूर्णता दिएका हुन् । उनले एमालेबाट तीनसहित पाँच मन्त्री नियुक्त गरेका हुन् । यस्तै विना विभागीय मन्त्रीलाई जिम्मेबारी समेत दिएका छन् । अर्थमा नेकपाका युवराज भट्टराई, श्रम तथा यातायात मन्त्रीमा […]
रास्वपा बटेश्वरको प्रथम अधिवेशन सम्पन्न, पुनः सभापतिमा मदन विक

टुडेपाटी-जनकपुरधाम, जेठ ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बटेश्वर गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्वहमतिबाट मदन विश्वकर्माको सभापतित्वमा ११ सदस्य बटेश्वर गाउँ किमिटी चयन गरेको छ । यस्तै उपसभापतिमा संजय पजियार, सचिवमा सन्तोष महतो, सहसचिवमा रमिता महतो, कोषाध्यक्षमा संजय यादव चयन भएका छन् । सदस्यहरुमा आरती कुमारी, निलम कुमारी सिंह, लक्ष्मेश्वर […]
जनकपुरधामकी रुबी बनिन् उपसभामुख

टुडेपाटी-जनकपुरधाम, चैत २७ गते । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी निर्वाचित भएको सभामुख डीपी अर्यालले सभालाई जानकारी गराए । रुबीकुमारीलाई उनको दल श्रम संस्कृतिसँगै सत्तारुढ दल रास्वपा, नेपाली कांग्रेस र नेकपाको समर्थन थियो । राप्रपाले भने एकल प्रतिस्पर्धा गरेको […]
बालेन बने प्रधानमन्त्री

टुडेपाटी-जनकपुरधाम राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन् । संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समूदायका व्यक्ति नेपालको प्रधानमन्त्री […]
फेरि बदनाम उपभोक्ता समितिबाट योजना कार्यान्वयन गर्ने तयारीमा मधेश सरकार

शैलेन्द्र क्रान्ति-जनकपुरधाम, चैत ६ गते । मधेशमा व्यापक बदनाम प्रणाली उपभोक्ता समितिबाट काम थाल्ने प्रदेश सरकारले तयारी गरेको छ । बिगतमा योजनाको चिठी खरिदबिक्रीले उपभोक्ता समितिमार्फत काम हुने प्रणाली व्यापक बदनाम छ । संघीयताप्रति वितृष्णा बढ्नुमा उपभोक्ता समितिबाट काम गर्ने र चिठीबिक्री वितरणको हल्ला पनि एक हो । त्यसैले पूरानो व्यतिथि र बदनामी नदोहरिन दिन […]
मधेशका चार प्रदेश सांसद राजिनमा दिएर चुनाव लड्दा एक निर्वाचित, अरु सब पराजित

टुडेपाटी-जनकपुरधाम, फागुन २७ गते । मधेस प्रदेशमा प्रदेश सांसद पदबाट राजिनमा दिएर चुनाव लडेका पूर्व मुख्यमन्त्री र निवर्तमान सभामुखसहित तीनजना पराजित भएका छन् । एकजना मात्र निर्वाचित भएका हुन् । पराजित मध्ये पूर्व मुख्यमन्त्री र मन्त्रीको जमानत नै जफत भएको छ । नेकपा माओवादी केन्द्रका रहबर अंसारी पदबाट राजिनामा दिएर रास्वपाबाट उम्मेदवार बनेका उनी मात्र […]
प्रतिनिधिसभा चुनाव २०८२ : प्रत्यक्षमा १२४ सिट जित्दै रास्वपा पहिलो दल

टुडेपाटीजनकपुरधाम, फागुन २५ गते । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपा ठूलो दल बनेको छ । देशभरिमा प्रत्यक्षको १६५ सिट मध्ये ४ वटा निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी रहँदा रास्वपा १२४ सिट जितेर सबभन्दा ठूलो दल बनेको छ । एकसिटमा अग्रता लिइरहेको छ । नेपाली काँग्रेस १७ सिट जितेर दोस्रो, नेकपा एमाले ८ सिट […]
प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

टुडेपाटीजनकपुरधाम, फागुन २१ गते । प्रतिनिधि सभा निर्वाचन २०८२ शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । देशभरि एकाध घटना बाहेक भयरहित तथा उत्साह रुपमा बिहीबार सम्पन्न भएको हो । देशभरको १६५ वटा निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान चलेको थियो । मधेश प्रदेशमा पनि एकाध घण्टा बाहेक ३२ वटै क्षेत्रमा निर्वाचन शान्तिपूर्ण सम्पन्न […]
धनुषा ३ का राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार राजिव झा नै रास्वपामा प्रवेश

टुडेपाटी-जनकपुरधाम, माघ २८ गते । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष तथा उम्मेदवार राजिव झा रास्वपा प्रवेश गरेका छन् । राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष समेत रहेका धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार झा बुधबार विधिवत रास्वपा प्रवेश गरेका हुन् । उनलाई एक समारोह बीच रास्वपाका उम्मेदवार मनिष झाले पार्टीमा स्वागत गरेका हुन् । […]
काँग्रेसका जनकपुर युवा नेता पंकज महतोले छाडे पार्टी

टुडेपाटी-जनकपुरधाम, माघ २७ गते । जनकपुरधामका नेपाली काँग्रेसका युवा नेता पंकज महतोले पार्टी परित्याग गरेका छन् । उनले मंगलबार नेपाली काँग्रेसका जिल्ला सभापतिलाई राजिनामा पत्र लेख्दै पार्टी छाडेका हुन् । काँग्रेसका विभिन्न भातृ संगठनमा आबद्ध रहेका उनी हाल धनुषा क्षेत्र नं. ३ (ख) को युवा संगगठन तरुण दलको क्षेत्रीय सदस्य थिए । उनले आफू १८ […]