TodayPati

ज्यानमारा रामजानकी हस्पिटलमा प्रहरी र गुण्डा भिडाएर मृतक बालकका परिवारमाथि हातपात

टुडेपाटी
जनकपुरधाम, चैत ७ गते ।

जनकपुरधामस्थित ज्यानमारा रामजानकी हस्पिटलमा फेरि अर्को काण्ड भएको छ । सो क्रममा हस्पिटल प्रशासनले प्रहरी र गुण्डा भिडाएर उल्टै पीडित परिवारमाथि कुटपिट गरेको आरोप लागेको छ ।

जनकपुरधाम वडा नम्बर ६ का अशरफ राइनका छोरा पाँच वर्षीय आरमिन राइनको यसै हस्पिटलको लापरवाहीले मृत्यु भएको परिवारजनको आरोप छ । मृतक बालकका आफन्त सलिम कवारीका अनुसार एकसाता अघि बालकलाई ज्वरो आएपछि रामजानकी हस्पिटलमा भर्ना गरिएको थियो । चिकित्सकले विस्तृत जाँच नै नगरी तीनदिन भर्ना गरेर राखेको र पछि अन्यत्र चेक गराउँदा एपेन्डीक्स भएको पत्ता लागेको थियो । अवस्था सिकिस्त हुँदा बालकलाई बिराटनगर लगिएको बेला गएको शुक्रबार मृत्यु भएको सलिमको भनाइ छ ।

Sponsored

रामजाकी हस्पिटलकै लापरवाहीले मृत्यु भएको उनको आरोप छ । सोहि घटनाको विषयमा सोमबार पीडित पक्ष र हस्पिटल प्रशासनबीच छलफलका लागि समय मिलाइएको थियो । तर हस्पिटल प्रशासन कुनै चासो नदेखाउदा मृतक परिवार आक्रोशित भएका थिए । हस्पिटलमा तोडफोड गर्न खोजेपछि हस्पिटल प्रशासनले प्रहरी र गुण्डा भिडाएर उल्टै आफूहरुलाई कुटपिट गरिएको पीडित पक्षको आरोप छ ।

बिरामीका आफन्तबाट बढी पैसा लुट्ने चक्करमा अत्यधिक औषधि चलाउँदा, उपचार गर्न नसक्ने प्रकृतिको बिरामीलाई समेत बाहिर रेफर नगरी घेरेर राख्ने, उपचारमा चरम लापरवाही गर्ने जस्ता कार्यले यो हस्पिटलमा पटक पटक अकालमै बिरामीको ज्यान जाने गरेको छ ।

त्यस्तो घटना हँदा प्रहरी प्रशासनको आडमा पैसा दिएर ढाकछोप गर्ने यो हस्पिटलको पुरानै धन्धा हो । आधा दर्जन बढी घटना यस हस्पिटलमा हुँदा समेत प्रशासन लगायत सम्बन्धित निकायले केहि कारबाही गरेको छैन । जसको कारण रामजाकी हस्पिटल आफ्नै शैलीमा अगाडी बढिरहेका छन् ।

Sponsored

मिथिला टेक्निकल एकेडमीका सञ्चालक समेत रहेका गणेश साहले सो हस्पिटल जानकी मन्दिरसंग सस्तो भाउमा जग्गा लिजमा लिएर सञ्चालन गरेका छन् । उनी नेपाली काँग्रेस निकट मानिन्छन् । सोहि कारण राजनीतिक आड र आर्थिक चलखेल गरी प्रहरी प्रशासनलाई आफ्नो प्रभावमा लिएर उनी कानुनी दण्डाबाट उम्किदै आएको स्थानीयको भनाइ छ ।

रामजानकी हस्पिटलको पछिल्ला घटनाहरु :

रामजानकी हस्पिटलको अर्को काण्ड : हात भाँचिएर भर्ना भएकी महिलाको गयो ज्यान

सधैँ विवादमा जनकपुरको ‘ज्यानमारा’ रामजानकी अस्पताल, पावर र पैसाको आडमा लुट मच्चाउँदै

ज्यनमारा रामजानकी हस्पिटलको अर्को ठगी धन्धा : सीपाइपमा उपचार, तर भेन्टिलेटरको चार्ज

सुत्केरी मृत्यु प्रकरण : गुण्डा भिडाएर ५ लाखमै मिलायो घटना, छुटे डाक्टर, उठ्यो लास

सुत्केरी मृत्यु प्रकरण : रामजानकी हस्पिटलबाट २४ घण्टामा पनि उठेन शव

अर्कै ग्रुपको रगत चढाउँदा सुत्केरीको मृत्युपछि रामजानकी हस्पिटलका दुई डाक्टर पक्राउ

जनकपुरको रामजानकी अस्पतालमा ‘ओ’ पोजेटिभको साटो ‘बी’ पोजेटिभ रगत चढाउँदा सुत्केरीको मृत्यु

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *