धनुषाको विदेह नगरपालिकाबाट उम्मेदवार बन्न एसएसपी साहले दिए राजिनामा
टुडेपाटी–
काठमाडौं, चैत ७ गते ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नका लागि नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द शाहले राजीनामा दिएका छन् ।
जागिर अवधि अझै १३ महिना बाँकी रहेको समय साहले राजीनामा दिएका हुन् ।
स्रोतका अनुसार गत फागुन १० गते साहले दिएको राजीनामा स्वीकृत भइसकेको छ ।
यता राजिनामा दिइसकेका एसएसपी साहले जागिर छाडेको स्वीकारे । उनले भने, ‘हो, मैले राजीनामा दिएको हो । अहिले उनी आफ्नो गृहजिल्ला धनुषामा रहेका छन् ।
२०४९ चैतमा प्रहरी इन्सपेक्टरबाट सेवा थालेका साहको इन्सपेक्टरका ब्याची नेपाल प्रहरीको भावी आईजीपीको लाइनमा छन् ।
Sponsored
वैशाख १८ मा उनका इन्सपेक्टर ब्याचीमध्ये एकले नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।
डीआईजीमा बढुवा हुने सम्भावना नदेखिएकाले बेलैमा राजीनामा दिएको साहले बताए ।
उनले स्थानीय तहको चुनावमा विदेह नगरपालिकामा प्रमुखमा उठ्ने तयारी गरिरहेका छन् ।
साले आफू नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने तयारी गरिरहेको पनि बताए ।