TodayPati

बटेश्वर गाउँपालिकामा लागूऔषध नियन्त्रण गर्न यूवाहरुको ज्ञापन

टुडेपाटी-
जनकपुरधाम, मंसिर ३ गते ।

लागूऔषध नियन्त्रणको माग गर्दै बटेश्वरका यूवाहरुले स्थानीय सरकार र प्रहरीलाई ज्ञापनपत्र बुझाएका छन् । बटेश्वर यूवा सञ्जालको अगुवाईमा सचेत यूवाहरुको एक समूहले आइतबार गाउँपालिका कार्यालय र इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा ज्ञापनपत्र बुझाएका हुन् ।

बटेश्वर गाउँपालिकाभित्र दिनप्रतिदिन युवाहरूमा लागूऔषधको प्रयोग बढ्दै जाँदा समाजमा गम्भीर नकारात्मक असर परिरहेकाले यसको नियन्त्रणप्रति गम्भीर हुन यूवाहरुको माग छ । यूवाहरु लागूऔषधमा फँस्दा प्रयोगकर्ताको स्वास्थ्य जोखिममा, परिवारमा आर्थिक भार, भगाएर बालविवाहको समस्या, साथीभाइसाथै परिवारमा झैझगडसहित हिंसात्मक गतिविधि तथा हत्या जस्तो जघन्य अपराध गर्नेसम्मको समस्याले समाजको संरचनालाई खल्वल्याइरहेको यूवाहरुको भनाइ छ ।

Sponsored

लागूऔषध सेवनकर्ता बढ्नुमा बटेश्वर गाउँपालिका भित्रकै केही औषधि पसलको खरिदबिक्री भूमिका रहेको दावी गर्दै यूवाहरुले औषधि पसल सञ्चालकहरुसँग छलफल, समयसमयमा अनुगमन नियमन, विक्रीवितरण गर्नेलाई कारबाही, प्रयोगकर्ता तथा तिनका परिवारसँग छलफल, सचेतना कक्षा लगायतको कार्यक्रम गर्न यूवाहरुले माग गरेका छन् । यूवाहरुले पालिकामा प्रमुख प्रशासकीय अधिकृत रेवती पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् ।

त्यस्तै यूवाहरुले इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा ज्ञापन पत्र बुझाउँदै यसको नियन्त्रणमा ध्यान दिन आग्रह गरेका छन् । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोनुकुमार साहले आफूले लागूऔषध नियन्त्रणको लागि सक्दो प्रयास गर्ने बताए ।

यूवा संजालका प्रतिनिभि जयकृष्ण महतोको नेतृत्वमा ज्ञापन पत्र बुझाउन सनसाइन बोर्डिंग स्कुलका संचालक श्रवणकुमार महतो, मुनलाइट बोर्डिंग स्कुलका प्रिन्सीपल संजय महतो लगायतको शिक्षक तथा सचेत यूवाहरु पुगेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *