रामजानकी हस्पिटलको अर्को काण्ड : हात भाँचिएर भर्ना भएकी महिलाको गयो ज्यान
टुडेपाटी-
जनकपुरधाम, माघ १३ गते ।
जनकपुरधामको रामजानकी हस्पिटलले पुनः हात भाँचिएर भर्ना भएका बिरामीको ज्यान गएको छ ।
हात भाँचिएर अप्रेसन गराउन आएकी सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ पिपरा बस्ने ५० वर्षीया चन्द्रकला कामतको हस्पिटलको लापरबाहीले मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् ।
हातको अप्रेसन गर्दा उनको मृत्यु नै भएको छ । चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको मृतकका आफन्तलेले आरोप लगाएका छन् ।
गत माघ ८ गते शनिबार भैँसीले हानेर हात भाँचिएपछि कामतलाई थप उपचारका लागि रामजानकी हस्पिटलमा भर्ना गरिएको थियो ।
मंगलबार अस्पताल पुगेकी कामतको सोही अस्पतालमा कार्यरत डाक्टर सञ्जय साहले बुधबार साँझ साढे ५ बजे शल्यक्रिया गरेका थिए ।
Sponsored
शल्यक्रियापछि कामतको स्वास्थ्य अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको थियो । तर, चिकित्सकले अवस्था सामान्य भनेको ३ घण्टा बित्न नपाउँदै आफ्नो आमाको मृत्यु भएको मृतकका छोरा रामसकल कामतले बताए ।
यता, हस्पिटल प्रशासनले भने मुटुको चाल कम हुँदा कामतको मृत्युको भएको दाबी गरेको छ । अस्पतालका प्रशासन प्रमुख विकासचन्द्र गुप्ताले बिरामीको मृत्युको कारण अप्रेसन नरहेको जिकिर गरेका छन् ।
मृतकका छोरा रामसकल कामतले भने चिकित्सकले उपचारमा लापरबाही गरेका कारण आमाको मृत्यु भएको दाबी गरेका छन् ।
यो हस्पिटल मा २२ साउन २०७७ मा सुत्केरी गराउन भर्ना भएकी महोत्तरीको गौशाला नगरपालिकाकी २३ वर्षिया गंगा देवी महतोलाई ओ पोजेटिभ रगत आवश्यक भएकोमा चिकित्सकले बी पोजेटिभ रगत चढाउँदा उनको मृत्यु भएको थियो । सो घटना पनि अस्पतालले पीडतलाई ५ लाख रुपैयाँद दिएर ढाकछोप गरेको थियो । प्रहरीले यस घटनाको अनुसन्धान पनि सुरु गरेको थियो तर आर्थिक चलखेलमा प्रहरीले हालसम्म कुनै कारबाही अगाडि बढाएको छैन ।
५ साउन २०७६ मा धेरै रकमको बिल बनाउन जनकपुरस्थित राम जानकी अस्पतालले अनावश्यक रुपमा अत्यधिक र कडा औषधि प्रयोग गर्दा धनुषाको बटेश्वर गाउँपालिका ३ बस्ने ५२ वर्षका बिन्देश्वर ठाकुरकोे मृत्यु भयो ।उक्त घटना सार्वजनिक भएपछि हस्पिटलले मृतक परिवारसमक्ष गल्ती स्वीकार गर्दै ४ लाख रुपैयाँ दिएर घटना ढाकछोप गरे । बिरामीको ज्यानै लिने जस्तो जघन्य अपराध गरेको अस्पताल र पिडित परिवारलाई मिलापत्र गराउन जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय धनुषा समेत साक्षी बने ।
यस रामजानकी हस्पिटलको चरम लापरबाहीले बेला बेला बिरामीको ज्यान जाने गरेको छ । तर, आर्थिक चलखेल गरी घटनाहरुलाई प्रहरी प्रशासनको मिलेमतोमा ढाकछोप गर्ने गरेका छन् । पटक पटक लापरवाही गरी बिरामीको ज्यान लिएपनि प्रशासनले हालसम्म कुनै कारबाही गरेको छैन । प्रहरीहरु समेत अर्थिक लेनदेन गरी घटना भएको बेला पीडित भन्दा अस्पताललाई सुरक्षा दिने, घटना मिलाउने काममा सक्रिय रहेको स्थायनीको आरोप छ ।
यो हस्पिटलले एम्बुलेन्स चालक, गाउँघरका सिएमए, एचए र दलालाई मोटो कमिसन दिएर बिरामीलाई आफ्नो तिर तान्ने र बिरामीबाट चर्को शुल्क असुल्ने, चरम लापरवाही गरी ज्यान लिने गतिविधि स्थापनाकालदेखि नै गर्दै आएको आरोप लाग्दै आएको छ ।
रामजानकी हस्पिटलको पछिल्ला घटनाहरु :