TodayPati

रामजानकी हस्पिटलको अर्को काण्ड : हात भाँचिएर भर्ना भएकी महिलाको गयो ज्यान

टुडेपाटी-
जनकपुरधाम, माघ १३ गते ।

जनकपुरधामको रामजानकी हस्पिटलले पुनः हात भाँचिएर भर्ना भएका बिरामीको ज्यान गएको छ ।

हात भाँचिएर अप्रेसन गराउन आएकी सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ पिपरा बस्ने ५० वर्षीया चन्द्रकला कामतको हस्पिटलको लापरबाहीले मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् ।

Sponsored

हातको अप्रेसन गर्दा उनको मृत्यु नै भएको छ । चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको मृतकका आफन्तलेले आरोप लगाएका छन् ।

गत माघ ८ गते शनिबार भैँसीले हानेर हात भाँचिएपछि कामतलाई थप उपचारका लागि रामजानकी हस्पिटलमा भर्ना गरिएको थियो ।

मंगलबार अस्पताल पुगेकी कामतको सोही अस्पतालमा कार्यरत डाक्टर सञ्जय साहले बुधबार साँझ साढे ५ बजे शल्यक्रिया गरेका थिए ।

Sponsored

शल्यक्रियापछि कामतको स्वास्थ्य अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको थियो । तर, चिकित्सकले अवस्था सामान्य भनेको ३ घण्टा बित्न नपाउँदै आफ्नो आमाको मृत्यु भएको मृतकका छोरा रामसकल कामतले बताए ।

यता, हस्पिटल प्रशासनले भने मुटुको चाल कम हुँदा कामतको मृत्युको भएको दाबी गरेको छ । अस्पतालका प्रशासन प्रमुख विकासचन्द्र गुप्ताले बिरामीको मृत्युको कारण अप्रेसन नरहेको जिकिर गरेका छन् ।

मृतकका छोरा रामसकल कामतले भने चिकित्सकले उपचारमा लापरबाही गरेका कारण आमाको मृत्यु भएको दाबी गरेका छन् ।

यो हस्पिटल मा २२ साउन २०७७ मा सुत्केरी गराउन भर्ना भएकी महोत्तरीको गौशाला नगरपालिकाकी २३  वर्षिया गंगा देवी महतोलाई ओ पोजेटिभ रगत आवश्यक भएकोमा चिकित्सकले बी पोजेटिभ रगत चढाउँदा उनको मृत्यु भएको थियो । सो घटना पनि अस्पतालले पीडतलाई ५ लाख रुपैयाँद दिएर ढाकछोप गरेको थियो । प्रहरीले यस घटनाको अनुसन्धान पनि सुरु गरेको थियो तर आर्थिक चलखेलमा प्रहरीले हालसम्म कुनै कारबाही अगाडि बढाएको छैन ।

५ साउन २०७६ मा धेरै रकमको बिल बनाउन जनकपुरस्थित राम जानकी अस्पतालले अनावश्यक रुपमा अत्यधिक र कडा औषधि प्रयोग गर्दा धनुषाको बटेश्वर गाउँपालिका ३ बस्ने ५२ वर्षका बिन्देश्वर ठाकुरकोे मृत्यु भयो ।उक्त घटना सार्वजनिक भएपछि हस्पिटलले मृतक परिवारसमक्ष गल्ती स्वीकार गर्दै ४ लाख रुपैयाँ दिएर घटना ढाकछोप गरे । बिरामीको ज्यानै लिने जस्तो जघन्य अपराध गरेको अस्पताल र पिडित परिवारलाई मिलापत्र गराउन जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय धनुषा समेत साक्षी बने ।

यस रामजानकी हस्पिटलको चरम लापरबाहीले बेला बेला बिरामीको ज्यान जाने गरेको छ । तर, आर्थिक चलखेल गरी घटनाहरुलाई प्रहरी प्रशासनको मिलेमतोमा ढाकछोप गर्ने गरेका छन् । पटक पटक लापरवाही गरी बिरामीको ज्यान लिएपनि प्रशासनले हालसम्म कुनै कारबाही गरेको छैन । प्रहरीहरु समेत अर्थिक लेनदेन गरी घटना भएको बेला पीडित भन्दा अस्पताललाई सुरक्षा दिने, घटना मिलाउने काममा सक्रिय रहेको स्थायनीको आरोप छ ।

यो हस्पिटलले एम्बुलेन्स चालक, गाउँघरका सिएमए, एचए र दलालाई मोटो कमिसन दिएर बिरामीलाई आफ्नो तिर तान्ने र बिरामीबाट चर्को शुल्क असुल्ने, चरम लापरवाही गरी ज्यान लिने गतिविधि स्थापनाकालदेखि नै गर्दै आएको आरोप लाग्दै आएको छ ।

रामजानकी हस्पिटलको पछिल्ला घटनाहरु :

सधैँ विवादमा जनकपुरको ‘ज्यानमारा’ रामजानकी अस्पताल, पावर र पैसाको आडमा लुट मच्चाउँदै

ज्यनमारा रामजानकी हस्पिटलको अर्को ठगी धन्धा : सीपाइपमा उपचार, तर भेन्टिलेटरको चार्ज

सुत्केरी मृत्यु प्रकरण : गुण्डा भिडाएर ५ लाखमै मिलायो घटना, छुटे डाक्टर, उठ्यो लास

सुत्केरी मृत्यु प्रकरण : रामजानकी हस्पिटलबाट २४ घण्टामा पनि उठेन शव

अर्कै ग्रुपको रगत चढाउँदा सुत्केरीको मृत्युपछि रामजानकी हस्पिटलका दुई डाक्टर पक्राउ

जनकपुरको रामजानकी अस्पतालमा ‘ओ’ पोजेटिभको साटो ‘बी’ पोजेटिभ रगत चढाउँदा सुत्केरीको मृत्यु

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *