सर्लाहीमा चट्याङ लागेर एकजनाको मृत्यु, दुईजना घाइते
टुडेपाटी-
सर्लाही, असार २५ गते ।
धान रपाइँ गरिरहेको बेला सर्लाहीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् । रोपाइँ गर्ने क्रममा चट्याङ लागेर वागमती नगरपालिका–१० नयाँबस्तीका १८ वर्षीय छोटु पासवानको मृत्यु भएको हो ।
बिहीबार बिहान वागमती नगरपालिका–८ निवासी सुनमाया बस्नेतको खेतमा धान रोप्दै गरेको समयमा परेको चट्याङ लागेर पासवानको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
यस्तै स्थानीय कमलादेवी मुखिया घाइते भएकी थिइन् । चट्याङ लागेर बेहोस भएका दुवै जनालाई उपचारका लागि बरहथवातर्फ लगिँदै गर्दा पासवानको निधन भएको र मुखिया होसमा आई घर फर्किसकेको जनाएको छ ।
यस्तै चट्याङ लागेर सर्लाहीकै बलरा नगरपालिकामा एक युवक घाइते भएका छन् । बलरा नगरपालिका–१ का ३५ वर्षीय बरुण सहनी घाइते भएका हुन् । प्रहरीका अनुसार बिहान परेको चट्यांग लागेर घाइते भएपछि उनलाई उपचारको लागि भारतको सितामढी लगिएको हो ।
Sponsored