८ जना प्रहरीको हत्या गर्ने गुण्डा नाइके विकास दुवेले गरे सरेन्डर
टुडेपाटी-
जनकपुरधाम, असार २५ गते ।
भारत उत्तर प्रदेश कानपुरमा डीएसपीसहित ८ जना प्रहरीलाई हत्या गर्ने कुख्यात गुण्डा नाइके विकास दुवे आत्मसमर्पण गरेका छन् ।
मध्य प्रदेशको उज्जैनमा उनी मिडियालाई बोलाएर प्रहरी समक्ष आत्म समर्पण गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
घटना पश्चात प्रहरीको मोस्टवान्टेड सूचिमा रहेको गुण्डा दुवे सातदिनपछि आत्म समर्पण गरेका हुन् ।