TodayPati

धनुषामा चार दिनदेखि बेपत्ता युवकको शव इनारमा

टुडेपाटी-
जनकपुरधाम, चैत ५

धनुषामा चार दिनदेखि बेपत्ता रहेका एक युवकको शव इनारमा फेला परेको छ। मिथिला नगरपालिका–८, जमुनिवासस्थित एक इनारमा ३३ वर्षीय नारायण घिसिङ्को शव भेटिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए।

स्थानीयले सोमबार साँझ इनारबाट दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले टर्च बालेर हेर्दा खुट्टा देखिएपछि शव रहेको पुष्टि भएपछि मंगलबार सशस्त्र प्रहरीको सहयोगमा निकालिएको छ ।

शवको बर्दिबास अस्पतालमा पोस्टमार्टम गरि परिवारजनलाई जिम्मा लगाइएको छ।

परिवारका अनुसार नारायण चार दिनदेखि बेपत्ता थिए। आफन्तहरूले खोजी गर्दा पनि फेला नपरेपछि सोमबार साँझ प्रहरीलाई खबर गरिएको थियो।

हाल घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *