TodayPati

सिरहामा खोला किनारमा बोरामा शव

टुडेपाटी-
जनकपुरधाम, चैत १२ गते ।

सिरहाको गोलबजार नगरपालिका-९ गोविन्दपुरस्थित घुर्मी खोला किनारमा बोराभित्र राखेर गाडिएको अवस्थामा एक जनाको शव फेला परेको छ। मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुका अनुसार आज बिहान १० बजेतिर स्थानीय गोठालाहरूले दुर्गन्ध फैलिएपछि अनुसन्धान गर्दा हाड देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शव अत्यधिक कुहिसकेको अवस्थामा रहेको र त्यसको पहिचान गर्न कठिन भएको डीएसपी बाखुले बताए। ‘शव निकै सडेको छ, त्यसैले कसको हो भन्ने यकिन गर्न गाह्रो भएको छ। अहिले राम्रो अस्पतालमा शव परीक्षणका लागि पठाउने तयारी भइरहेको छ’ उनले भने ।

प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। केही समयदेखि गाउँकै १३ वर्षीया बालिका गुल्सना खातुन हराइरहेकी छिन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *