TodayPati

रौतहटमा आँप टिपेको विषयमा विवाद हुँदा एक किशोरको हत्या, दुई युवक पक्राउ

डेपाटी
जनकपुरधाम, असार २७ गते ।

रौतहटमा आँप टिपेको विषयमा विवाद हुँदा एक किशोरको हत्या भएको छ । ईशनाथ नगरपालिका –९ लवातना टोलका १७ वर्षीय सहबाज मियाँ आलमको हत्या भएको हो ।

मंगलबार राति उनको टाउकोमा रड र पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरेको रौतहटकी प्रहरी प्रवक्ता प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन् ।
उनको घटनामा संलग्न आरोपमा रौतहट प्रहरीले दुई युवकलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

Sponsored

पक्राउ पर्नेमा बौधीमाई नगरपालिका १ बौधापतौरा गाउँ घर भई हाल ईशनाथ ३ स्थित आफ्नै मामा घर बस्दै आएका १८ वर्षीय दशई साह र उनको साथी स्थानीय १९ वर्षीय रोशन साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटना लगतै मंगलबार राती पक्राउ परेका ४ जना मध्ये अनुसन्धान पश्चात् बुधवार दुईजना अभियुक्त दशई साह र रोशन साहलाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।

डीएसपी गिरीका अनुसार मंगलबार राति सौच गर्न गएको मौका छोपी आलमलाई नजिकैको आँपको बगैँचामा दशईले पछाडिबाट अनुहार टाउकोमा रड प्रहार गरेको र उनी भुईँमा लडेपछि रोशनले पेटमा दुई पटक छुरा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

Sponsored

घटनाको १ दिन अघि मृतकका आफ्नै भाइ १० वर्षीय साबिर मियाँ आलम संग आँप टिपेको विषयमा विवाद हुँदा मृतक सहवाज मियाँ आलमले दशई साहलाई २,४ थप्पड हानेका थिए ।
सोही घटनाको बदला लिन दशईले मिल्ने साथी रोशनसँग मिलेर सहवाज मियाँ आलमको हत्याको योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनामाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको डिएसपी गिरीले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *