TodayPati

बडा दशैंको चौंथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै

टुडेपाटी-
जनकपुरधाम, असोज २० गते ।

बडा दशैंको चौंथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। आश्विन शुक्ल चतुर्थीमा कुष्माण्डा देवीको पूजा विशेष महत्वको मानिन्छ। धार्मिक मान्यताअनुसार, कुष्माण्डा देवीको आराधना गर्नेले शक्ति, ऐश्वर्य, र विद्या प्राप्त गर्दछ। वैदिक सनातन धर्ममा देवीको पूजा आराधना गरी नवदुर्गाका रूपहरूको विशेष सम्मान गरिन्छ।

कुष्माण्डा देवी नवदुर्गाका चौंथो रूप हुन्, जसले तीन प्रमुख ताप—आध्यात्मिक, आधिभौतिक, र आधिदैविक—हराउने विश्वास गरिन्छ। पुराणहरूमा कुष्माण्डा देवीलाई सुराले भरिएको घडा तथा रगतयुक्त पात्र धारण गर्ने देवीको रूपमा उल्लेख गरिएको छ।

Sponsored

यस वर्ष, देशभरका शक्तिपीठहरूमा विशेष पूजा, आरती, र झिलीमिली सजावट गरिएको छ। भक्तजनहरूले शक्ति प्राप्तिका लागि देवीको दर्शन र पूजा गर्दैछन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *