TodayPati

सर्लाहीमा नहरमा डुबेर १२ वर्षीय बालकको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, असोज १८ गते ।

सर्लाहीमा नहरमा डुबेर एक बालकको ज्यान गएको छ । ज्यान जानेमा बसबरिया गाउँपालिका–४ गोनरवाका सुरेन्द्र भण्डारीका १२ वर्षीय छोरा चन्दन भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

आज साँझ पौने ५ बजे चन्दन घरदेखि करिब ५०० मिटर पूर्वमा रहेको झाझपुलको नहरमा नुहाउन गएका बेला डुबेका थिए । घटना देखेका स्थानीयले उनलाई उद्धार गरी तत्काल सर्लाहीको बरहथवामा रहेको गोल्डेन अस्पताल पु¥याएका थिए । तर, उपचारको क्रममा ५ः१८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Sponsored

बालकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ भने घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *