TodayPati

ब्लड फर नेपालका अध्यक्ष सरोज महतोलाई राष्ट्रिय प्रतिभा युवा पुरस्कार

टुडेपाटी-
जनकपुरधाम, असार २६ गते ।

ब्लड फर नेपालका संस्थापक अध्यक्ष सरोज कुमार महतो राष्ट्रिय प्रतिभा युवा पुरस्कारबाट सम्मानित भएका छन् ।

नेपाल सरकारको नेपाल सरकार, युवा तथा खेलकूद मन्त्रालय, सिंहदरवार काठमाण्डौंले महतोसहित सामाजिक क्षेत्रमा विशेष योगदान गरेका युवाहरुलाई सम्मान गरेको हो ।

Sponsored

बुधबार एक समारोहबीच मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा पुरस्कार र युवा पत्रकारीता पुरस्कार साथै पुरुष क्रिकेट खेलाडीहरुलाई सम्मान गरेको हो । सो क्रममा मन्त्रालयका सचिव सुमनराज आर्याल महतोलाई खादा लगायत कदरपत्रले सम्मान गरेको हुन् ।

उनलाई प्रदान गरिएको युवा प्रतिभा पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ ।

धनुषाको बटेश्वर गाउँपालिका ३ घर भएका महतो विगत १० वर्ष देखि रगतको क्षेत्रमा काम गर्दै आएका छन् ।

Sponsored

उनले ब्लड फर नेपाल नामक संस्था खोलेर देशर रक्तदानको विषयमा सचेतना फैलाउने तथा रगत अभाव भएको बेला समन्वय गरी उपलब्ध गराइदिने गर्दछन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *