TodayPati

बजेट गडबडीको विषयमा मुख्यमन्त्रीले धारणा राखेपछि मधेश प्रदेशसभाको अवरोध हट्यो

टुडेपाटी-
जनकपुरधाम, असार २७ गते ।

मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा भएको गडबडी विषयमा उच्च स्ततरीय छानबिन गठन गर्ने प्रतिबद्धतापछि मधेश प्रदेशसभा बैठकको अवरोध हटेको छ ।

बिहीबार बसेको प्रदेशसभाको सुरुमै जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले उठेर सरकारले बजेटमा त्रुटि भएको स्वीकार गरेकाले, ह्याकरले बनाएको बजेटमा छलफल नगर्ने भन्दै सदन अवरुद्ध गर्ने बताए । त्यसपछि जसपाका सांसदहरु उठेर बैठक अवरुद्ध गरे ।

Sponsored

सभामुख रामचन्द्र मण्डलले यो विषयमा यसअघि पनि ४।५ पटक छलफल भइसकेको र निकास ननिस्केकाले समय अभावको कारण सदन अघि बढाउन खोजे । पुनः जसपा प्रमुख सचेतक यादवले कम्तिमा सरकारको धारणा आउनु पर्ने माग गरेपछि सभामुख मण्डलले मुख्यमन्त्री सिंहलाई धारणा राख्न निर्देशन दिए ।

मुख्यमन्त्री सिंहले बजेटमा कही कतै गडबड भएको छ भने उच्च स्तरीय छानबिन समिति गठन गर्ने र क्षेत्रहरुमा रहेको असन्तुलित बजेटको गुनासोलाई मध्यनजर गर्दै सन्तुलित गर्ने प्रयास गर्ने प्रतिबकद्धता गरे ।

‘मैले सुरुदेखि नै बजेटमा कही कतै गडबड छ भने उच्च स्तरीय छानबिन समिति गठन गरेर दोषी भेटिएकालाई कारबाही गर्छु भन्दै आएको छु । मैले कहिल्यै पनि भनेको छैन छानबिन गर्दिन’ मुख्यमन्त्री सिंहले भने ‘क्षेत्रहरुमा बजेट असन्तुलित भएको गुनासो आएकबजेटको विषयमा सन्तुलित गर्ने प्रयास गर्छु ।’ योसँगै मधेश प्रदेशसभाको अवरोध हटेको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *