TodayPati

जनकपुरमा विपद् जोखिम न्यूनीकरण तयारीको पूर्व अभ्यास

टुडेपाटी-
जनकपुरधाम, जेठ २० गते ।


धनुषामा विपद् जोखिम न्यूनीकरणको तयारी स्वरूप पूर्व अभ्यास गरिएको छ ।

जनकपुरधामको गंगासागरमा आज “विपद् पूर्व तयारी तथा राहत वितरण सम्बन्धी अभ्यास” गरेको हो ।

Sponsored

बाढीका दृष्टिकोणले निक्कै जोखिममा पर्ने जिल्लाको रुपमा रहेको धनुषा जिल्लामा कमला, जमुनी, वडहरी, औरही जस्ता नदीहरूमा वर्षेनी रुपमा बाढी आएर धनजनको क्षति हुने भएकाले यसबाट हुने धन जनको क्षतिलाई न्यून गर्नका लागि पूर्व अभ्यास गरिएको हो । 

जनकपुरधामका गंगासागरलाई विभिन्न खोला तथा नदी क्षेत्र मानेर नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले नेपाल रेडक्रसको सहभागितामा  पूर्व तयारी स्वरूप अभ्यास गरेको छ । 

पूर्व अभ्यासमा तीनै सुरक्षा अङ्गले रब्बर बोट, डोरी, लाईफ ज्याकेट सहितका सामाग्रीहरूको प्रयोग गरिएको थियो । 

Sponsored

बाढीसहित अन्य प्रकारको विपद् जन्य २३० वटा घटना धनुषामा गत वर्ष हुनुका साथै यसमा परेर १० जनाको मृत्यु भएको थियो । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *