TodayPati

आज काग तिहार मनाइँदै

टुडेपाटी-
जनकपुरधाम, कार्तिक १४ गते ।

आज कात्तिक कृष्ण त्रयोदशीको अवसरमा काग तिहार मनाइँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार, त्रयोदशी तिथि सूर्योदयकालमा परेकाले आज शास्त्रीय विधिअनुसार काग तिहार मनाउन उपयुक्त मानिएको छ।

यमराजका दूतका रूपमा कागलाई पूजा गरेर मनाइने यस पर्वमा आज बिहान कागलाई मनपर्ने खानेकुरा दिएर सम्मान गरिन्छ। धार्मिक मान्यता अनुसार, यमराजले लोकका समाचार कागमार्फत थाहा पाउने भएकाले कागलाई यमदूत मानिन्छ। कागले यमराजलाई सुखद समाचार पु¥याओस् भनेर आजको दिन कागलाई मिठा परिकार दिइन्छ।

Sponsored

लोक परम्पराअनुसार, कागले घरमा आएर कराउँदा ‘शुभ बोल’ भनिन्छ, किनभने त्यसलाई समाचार ल्याउने संकेत मानिन्छ। धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार, आज कागलाई दही–भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश पुगोस् भन्ने विश्वास रहिआएको छ।

यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ को कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा गरिन्छ। साथै, हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा हुने परम्परा छ।

यस वर्ष तिथिको घटबढका कारण कात्तिक कृष्ण त्रयोदशीको सायंकालमा सुरु हुने यमपञ्चक मंगलबार बेलुकीदेखि नै प्रारम्भ भएको छ। लक्ष्मीलाई स्थिर राख्नका लागि गरगहना तथा तामाका भाँडाकुँडा किन्नुपर्ने मान्यतासहित धनतेरस पर्व पनि मंगलबार मनाइएको छ, जसलाई धन त्रयोदशी र भाण्ड त्रयोदशी पनि भनिन्छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *