TodayPati

महोत्तरीमा एक महिलाको हत्या, अनुहार जलाएको अवस्थामा शव फेला

टुडेपाटी

जनकपुरधाक, कार्तिक १२ गते ।

महोत्तरीमा हत्या गरेर अनुहार जलाएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

Sponsored

महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–७ स्थित स्थानीय अशोक ठाकुरको आँप बगैचामा अन्दाजी २५-३० वर्षीया महिलाको शव भेटिएको हो।

प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार मृतक महिलाको पहिचान अहिलेसम्म खुलेको छैन। सोमबार बिहान करिब साढे ८ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

महिलाको अनुहारमा सल राखेर जलाइएको र केही भाग जलेको पाइएको छ। हल्का पहेँलो कुर्ता लगाएकी महिलाको रंग गहुँगोरो रहेको डिएसपी जयसवारले बताए। घटनास्थलको अवस्था हेर्दा हत्या भएको सम्भावना रहेको प्रारम्भिक अनुमान छ।

Sponsored

अनुसन्धानका लागि महोत्तरीका प्रहरी प्रमुख एसपी नकुल पोखरेलको टोली, प्रदेश प्रहरी कार्यालयको तालिमप्राप्त कुकुर टोली र प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकको उपस्थिति रहेको थियो।

पाँच घण्टाभन्दा बढी समय लगाएर गरिएको अनुसन्धानपछि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *