TodayPati

धनुषाको पोखरीमा एक किशोरको लास फेला

टुडेपाटी-
जनकपुरधाम, साउन २० गते ।

धनुषामा पोखरीमा एक किशोरको लास फेला परेको छ ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ का शुभालाल मजिहारको छोरा अन्दाजी बर्ष १५ को अमनको शव फेला परेको हो ।

Sponsored

हरिपुरस्थित बुधबार दिउँसो करिब १२ बजेको समयमा नजिकै रहेको सार्वजनिक पोखरीमा मृत भेटिएका हुन् ।

स्थानीयका अनुसार राँगा नुहाउन गएको बेला डुबेको हुन सक्ने अनुमान गरिएको हो ।

उनको घरदेखि करिब ३०० मिटरको दुरीमा रहेको महराजी पोखरीमा दिउँसो पानीमा तैरिरहेको अवस्थामा अमन मृत भेटिएका हुन् ।

Sponsored

स्थानीयका अनुसार, उनले पानी समेत नखाएको देखिएकोले उनको मृत्यू शंकास्पद रहेको छ ।

स्थानीयहरुले उनलाई पोखरीमा तैरिरहेको अवस्थामा देखेपछि उनको परिवारजनलाई खवर गरेको थियो ।

घटनाको विषयमा थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *