भारतका पारुल र डिआइटी युनिभर्सिटीले नेपाली विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा पढाउने
टुडेपाटी–
जनकपुरधाम, जेठ २ गते ।
भारतका दुईवटा युनिभर्सिटी कलेजले नेपाली विद्यार्थीहरुलाई ५० प्रतिशत छात्रवृत्तिमा भर्ना खुला गरेका छन् । भारतको गुजरात राज्यस्थित बडोदरामा रहेको पारुल युनिभर्सिटी र देहरादुनस्थित डिआइटी युनिभर्सिटीले नयाँ शैक्षिक सत्रको लागि भर्ना खुला गरेको हो ।
दुबै कलेजले नेपाली विद्यार्थीहरुलाई ५० प्रतिशत छात्रवृति प्रदान गर्ने घोषणा गरेको जनकपुरधाममा अवस्थित क्यारियर ड्रिम एजुकेशन कन्सल्टेन्सीले जनाएको छ ।
क्यारियर ड्रिम एजुकेशन कन्सल्टेन्सीले आयोजना गरेको पत्रकार यी दुई कलेजले सम्मेलनमा डिप्लोमा इन इन्जिनियरिङ्ग, डिप्लोमा इन आर्किटेक्चर, डिप्लोमा इन डिजाइन, डिप्लोमा इन होटल म्यानेजमेन्ट, डिप्लोमा इन पारामेडिकल एण्ड होम साइन्स, डिप्लोमा इन हेल्थ असिस्टेन्ट, बिटेक, एमबीबीएस्, बीडीएस्, बीइ, बीएसी, बीबीएलगायत २५० वटा कोर्षमा अध्ययनरत विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति वितरण गर्ने घोषणा गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा उपस्थित पारुल युनिभर्सिटीका असिस्टेन्ट म्यानेजर निरज साहले पारुल विश्वविद्यालयमा उपयुक्त वातावरण रहेको र आफू रहँदा कुनै सुरक्षा चुनौती वा समस्या भोग्न नपर्ने दावी गरे ।
पत्रकार सम्मेलनमा बोल्दै क्यारियर ड्रिम एजुकेशन कन्सल्टेन्सीका सञ्चालक राकेश साहले जनकपुरधामबाट प्रत्येक वर्ष करिव १५० जना विद्यार्थीलाई भारतको विभिन्न कलेजहरुमा अध्ययनको लागि पठाउँदै आएको बताउँदै उनीहरू पढाईसँगै रोजगारीसमेत पाएको दाबी गरे ।
छात्रवृत्तिले भारत–नेपाल सम्बन्धलाई पनि मजबुत बनाउने काम गरेको उनको भनाइ छ । उनका अनुसार पारुल युनिभर्सिटीमा नेपालका ३ हजार विद्यार्थी अध्ययन गरिरहेका छन् । पारुलमा ७३ भन्दा बढि र डिआइटीमा १४ भन्दा बढि देशका विद्यार्थीहरु अध्ययनरत रहेको उनको दावी छ ।
Sponsored