TodayPati

आज जानकी नवमी मनाइँदै, मधेश मधेशमा सार्वजनिक बिदा

टुडेपाटी-
जनकपुरधाम , जेठ ४ गते ।

जनकपुरधाममा आज जानकी नवमी मनाइँदै छ । आदर्श नारी सीताको आजकै दिन मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउँने गरिन्छ । बैशाख शुल्क नवमीको दिनलाई जानकी नवमीको रुपमा मनाइन्छ ।

जानकी नवमीको अवसरमा आज बिहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिर गायतको मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरुको भीड लागेको छ ।
जानकी मन्दि व्यवस्थापन पक्षले जानकी नवमीको अवसरमा विभिन्न कार्यक्रम आयोजन गरेको छ । जानकी नवमीमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुर आएका छन् ।

Sponsored

जानकी नवमी भव्य रुपमा मनाउन मधेश सरकारले सार्वजनिक बिदा दिएको छ । सरकारले वार्षक क्यालेण्डरमा जानकी नवमीको बिदा छुट्याएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *