TodayPati

प्रदेश २ मा भ्रष्टाचार मुद्दामा कैद सजाय पाएका व्यक्ति मन्त्रालयको सल्लाहकार नियुक्त

टुडेपाटी-
जनकपुरधाम, साउन २० गते ।

प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले भ्रष्टाचार मामिलामा अदालतबाट दण्डित व्यक्तिलाई सल्लाहकार नियुक्त गरेका छन् । विशेष अदालत काठमाडौंले भ्रष्टाचारको मुद्दामा कैद र जरिवाना तोकेका जीवनाथ चौधरीलाई मन्त्रालयको सल्लाहकार बनाइएको हो ।

भ्रष्टाचार मुद्दामा अदालतले उनीमाथि ४ महिना जेल सजाय र ६ लाख ७५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । यद्यपि सर्वोच्चमा पुनरावेदन गरिएको उक्त मुद्दा हाल विचाराधीन छ । चौधरी तत्कालीन जिल्ला विकास समिति धनुषाका लेखापालको रुपमा कार्यरत रहँदा भ्रष्टाचारमा मुछिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरी विरुद्ध मुद्दा दायर गरेकोे थियो । उनी अहिले पनि निलम्बनमै छन् ।

Sponsored

निलम्बनकै अवस्थामा र सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा उनलाई मन्त्रालयको सल्लाहकार पदमा नियुक्त गरिनु सुशासनमाथिको निर्मम व्यङ्ग भएको स्थानीय बुद्धिजीवी बताउँछन् । -रातोपाटी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *