TodayPati

जनकपुरधाम उपमहानगर ७ का बालबालिका, गर्भवती महिला एवं ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार

टुडेपाटी-
जनकपुरधाम, कात्तिक ४ गते ।

जनकपुरधाम उपमहानगरपालिका ७ का वडाध्यक्ष जानकीराम साहले आफ्नो वडाका बालबालिका, गर्भवती महिला एवं ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने घोषणा गरेका छन् ।

विजयादशमीको अवसरमा मंगलबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमबीच वडाध्यक्ष साहले आफु पदमा रहुञ्जेल उनीहरुलाई निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन् ।

Sponsored

उनले बालबालिकालाई जनकपुर बाल अस्पताल र शिफा बाल क्लिनीक तथा गर्भवती महिलाको अल्ट्रासाउण्ड डा। शम्भू साहले सञ्चालन गरेको स्वस्तिक अल्ट्रासाउण्डमा वडाको सिफारिशमा निःशुल्क गरिने जानकारी दिए । बिरामीका लागि सामान्य प्याथोलोजी सेवा जस्तै ब्लड, दिशा तथा पिसाब जाँच वडाको सिफारिसको आधारमा निःशुल्क गरिने साहले बताए ।
उनका अनुसार गर्भवती महिलाको उपचार डा।जियाउल हक, ज्येष्ठ नागरिकलाई डा।श्रीराम शर्मा र बालबालिकालाई डा।मोहम्मद जाफर राईनले निःशुल्क उपचार सेवा प्रदान गर्ने वडाध्यक्ष साहको भनाइ छ ।

सरसफाइका लागि कुनैपनि संघ संस्था अथवा सरसफाइ अभियानीले फोहोर व्यवस्थापनका लागि आफुसँग गाडी सहयोग स्वरुप लिन चाहेमा छठ पर्वसम्म व्यक्तिगत तर्फबाट उनीहरुलाई गाडी समेत निःशुल्क उपलब्ध गराउने वडाध्यक्ष साहले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *