TodayPati

प्रदेश २ : प्रहरीलाई देखेर १२ लाख रुपैया भएको झोला फालेर फरार

टुडेपाटी

बारा, कार्तिक ४ गते ।

स्रोत नखुलेको १२ लाख रुपैया बारा प्रहरीले बरामद गरेको छ । प्रहरीले नेपाल– भारत सीमास्थित सिम्रौनगढ नगरपालिका ९मा पर्ने पिपराघाटबाट १२ लाख ३४ हजार ५९५ रुपैयाँ बरामद गरेको हो।

Sponsored

जिल्ला प्रहरी कार्यालय बारा र मातहत प्रहरी चौकी कचोर्वाबाट खटिएको टोलीले बिहान साढे १० बजे जाँच गर्ने क्रममा भारतबाट नेपाल आइरहेका व्यक्तिबाट उक्त रकम बरामद गरिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।
प्रहरीलाई देखेपछि पैसाको झोला फालेर ती व्यक्ति फरार भएको मिश्रले बताए।

फरार भएका व्यक्तिले फालेको झोलाभित्र नेपाली एक हजार दरका ८४२ थान, पाँच सय दरका ७०२ थान, एक सय दरका ३५९ थान, पचास रुपैयाँका ११२ थान, बीस दरका ४ थान, दश दरको एक थान र पाँच दरको १ थान रकम बरामद भएको मिश्रले बताए।

बरामद भएको रकम आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको छ। स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको प्रहरीको भनाइ छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *