TodayPati

कोरोना जाँच्ने पीसीआर मेसिन खरिद गर्न नसक्ने जनकपुरधाम उपमहानगरले शव दाह मेसिन किन्ने

टुडेपाटी-
जनकपुरधाम, असोज २६ गते ।

कोरोना भाइरसको परीक्षण गर्ने पीसीआर मेसिन खरिद गर्न नसकिने जनकपु्रधाम उपमहानगरपालिकाले शव दाह मेसिन खरिद गर्न लागेको छ । पालिकाको बोर्ड बैठकको निर्णयबाट शव दाह गर्न इलेक्ट्रिक मेसिन खरिद गर्ने भएको हो ।

आइतबार बसेको बोर्डको बैठकले सर्वसम्मतिबाट दाहसंस्कार गर्न मेसिन खरिद गर्ने निर्णय भएको बोर्ड सदस्य वडा– ७ का अध्यक्ष जानकीराम साहले जानकारी दिए ।

Sponsored

दाह संस्कारका लागि मेसिन कहिले खरिद गर्ने भन्नेबारे बैठकले स्पष्ट नपारे पनि ठाउँको पहिचान गरेर यथाशीघ्र खरिद प्रक्रियामा जाने निर्णय गरेको उपप्रमुख रीता मिश्रले बताइन् ।

करिब चार महिनापछि बसेको पालिकाको बोर्ड बैठकमा विजयादशमीमा बिजुली बत्ती लगाउने, दलित छात्रावास, क्वारेन्टाइनमा खटेको भत्ता र तलब सम्बन्धमा, पालिकाभित्र विभिन्न वडाका लागि योजना सम्बन्धमा, ल्याण्डफिल साइटलगायत विषयमा बैठकमा छलफल भएको बताइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *