TodayPati

नारायणी अस्पतालका बालरोग विशेषज्ञ डा. पटेलको मृत्यु

टु्डेपाटी-
वीरगञ्ज, असोज २६ गते ।

वीरगञ्जस्थित नारायणी अस्पतालका बालरोग विशेषज्ञ डा.पन्नालाल पटेलको मृत्यु भएको छ । आइतबार दिउँसो ३ः४५ बजे दिल्लीस्थिती एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

डा. पटेल विगत ३ महिनादेखि दिल्लीमा ब्लड क्यान्सरको उपचार गराउँदै आएको नेपाल चिकित्सक संघ नारायणी शाखाका सचिव डा. उदय सिंहले जानकारी दिए ।

Sponsored

उनलाई ३ दिन अगाडी एक्कासी ज्वरो आएपछि एम्स अस्पतालमा भर्ना गरिएको थियो । उनलाई सेप्सीसका कारणले मृत्यु भएको अस्पतालले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *