TodayPati

टुडेपाटी-
जनकपुरधाम, असार १ गते ।

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख बजेट ल्याएको छ । चालु तर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार अर्थात ३५.५४ प्रतिशत र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार अर्थात् ६४.३५% विनियोजन गरेको हो ।

अर्थमन्त्री युवराज भट्टराईले आज मधेस प्रदेशसभा बैठका उक्त बजेट प्रस्तुत गरेका हुन् । कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वन लगायतको क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।

उक्त बजेट आन्तरिक स्रोत तथा राजश्व तर्फ ११ अर्ब २२ करोड ७५ लाख रहेको छ । संघीय सरकारबाट राजश्व बाडफाड अन्तर्गत १२ अर्ब ८३ करोड प्राप्त हुने अनुमान छ ।

त्यस्तै संघीय सरकारबाट प्राप्त हुने वितीय अनुदान ९ अर्ब ४९ करोड ५९ लाख र चालु आर्थिक वर्षको बाँकी नगद मौजदातबाट ६ अर्ब ८ करोड ५२ लाख हुने छ । आन्तरिक १ अर्ब ५० करोड आन्तरिक ऋणबाट पुर्ति गरिने अर्थमन्त्री भट्टराईले बताए ।

संघीय सरकारबाट प्राप्त हुने वित्तीय समान्यीकरण अनुदान बापत रु ७ अर्ब ८४ करोड ८५ लाख, ससर्त अनुदान बापत ८ अर्ब १० करोड २८लाख, सम्पूरक अनुदानबाट ९४ करोड ७४ लाख र विशेष सम्पूरक अनुदानबाट ७० करोड गरी जम्मा १७ अर्ब ५९ करोड ८७ लाख प्राप्त हुने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *