टृडेपाटी-
जनकपुरधाम, असोज १५ गते ।
मधेश सरकारले खरिद गर्न लागेको बिलासी गाडी खरिद प्रक्रियाको टेण्डर रद्द गरेको छ ।
श्रम तथा यातायात मन्त्रालयले अति विशिष्ट व्यक्तिको लागि भन्दै ४ करोडसम्मको एमजी कम्पनीको हाब्रिड गाडी खरिद गर्न भदौ २५ मा नै बोलपत्र आह्वान गरेको थियो ।

मुलुक आर्थिक दबाब र रसुवाको बाढीको विनाशकारी बाढीको कारण अस्तव्यस्त भएको बेला गाडी खरिद गर्न लागेको समाचार टुडेपाटीले सार्वजनिक गरेपछि सरकारको चर्को आलोचना हुन थालेको थियो ।

यसपछि मन्त्रालयले उक्त टेण्डर अहिलेको लागि रद्द गरेको हो ।
आफ्नो निर्देशन पश्चात् गाडी खरिदको टेण्डर रद्द गरेको श्रम तथा यातायात मन्त्री सारदा देवी थापाले बताइन् ।
चार पांग्रे गाडी खरिदको लागि श्रम तथा यातायात मन्त्रालयको शीर्षकमा चालु आर्थिक वर्षमा ३ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिएको भने थप रकमको लागि श्रम तथा यातायात मन्त्रालयले अर्थ मन्त्रालयसँग ५० लाख रुपैयाँ थपदिन पत्र पठाएको छ ।
