TodayPati

टुडेपाटी-
जनकपुरधाम, जेठ ११ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बटेश्वर गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्वहमतिबाट मदन विश्वकर्माको सभापतित्वमा ११ सदस्य बटेश्वर गाउँ किमिटी चयन गरेको छ ।

यस्तै उपसभापतिमा संजय पजियार, सचिवमा सन्तोष महतो, सहसचिवमा रमिता महतो, कोषाध्यक्षमा संजय यादव चयन भएका छन् । सदस्यहरुमा आरती कुमारी, निलम कुमारी सिंह, लक्ष्मेश्वर महतो, सिरोदेवी सदा, अमृत श्रेष्ठ र राम पवित्र महतो रहेका छन् ।

धनुषा ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजकिशोर महतोको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।

सभापतिमा चयन भएका विश्वकर्मा बटेश्वर गाउँपालिकामा रास्वपा शून्य रहेको अवस्थामा पार्टी प्रवेश गरी संगठन विस्तारमा लागेका थिए । त्यस बेला उनी सभापति बने । फेरि सर्वसहमतिबाट उनैलाई निरन्तरता दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *