टुडेपाटी
जनकपुरधाम, फागुन २५ गते ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपा ठूलो दल बनेको छ ।
देशभरिमा प्रत्यक्षको १६५ सिट मध्ये ४ वटा निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी रहँदा रास्वपा १२४ सिट जितेर सबभन्दा ठूलो दल बनेको छ । एकसिटमा अग्रता लिइरहेको छ ।
नेपाली काँग्रेस १७ सिट जितेर दोस्रो, नेकपा एमाले ८ सिट जितेर तेस्रो भएको छ । यी दुई दल मतगणना भइरहेको दुई सिटमा अग्रता लिइरहेका छन् ।

नेपाली कम्युनिष्ट पार्टी ७, श्रम संस्कृति पार्टी ३ सिट जितेको छ । यसका अलावा राप्रपा १ र स्वतन्त्र १ सिट जितेको छ ।
धनुषा १ मा रास्वपाका उम्मेदवारको उम्मेदवारी खारेजीले अन्तिम मतगणना परिणाम मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको छ ।
समानुपातिकको मतगणना जारी छ । समानुपातिकमा ५० प्रतिशत बढी मत रास्वपाले पाइरहेको छ ।