TodayPati

टुडेपाटी-
जनकपुरधाम, जेठ १२ गते ।

मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मन्त्री परिषद विस्तार गरेका छन् । तीन दलबीच १५ बुँदे सहमति पश्चात उनले मन्त्री परिषदलाई पूर्णता दिएका हुन् ।

उनले एमालेबाट तीनसहित पाँच मन्त्री नियुक्त गरेका हुन् । यस्तै विना विभागीय मन्त्रीलाई जिम्मेबारी समेत दिएका छन् ।

अर्थमा नेकपाका युवराज भट्टराई, श्रम तथा यातायात मन्त्रीमा शारदादेवी थापा, युवा तथा समाज कल्याणमन्त्रीमा लखनदास र शिक्षा तथा संस्कृति मन्त्रीमा मनोज सिंहलाई नियुक्त गरिएको हो । यस्तै काँग्रेसबाट स्वास्थ्यमा नगेन्द्र शाह नियुक्त गरिएको छ ।

यसअघि स्वास्थ्य मन्त्री रहेका जंगीलाल रायलाई हटाइएको छ । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभबाट पद तथा तथा गोपनियताको शपथ लिएका छन् ।

यस्तै नयाँ सत्ता गठबन्धन बन्दा गत बिहीबार एमालेबाट विना विभागीय मन्त्रीको शपथ लिएका एमालेका मोहम्मद समिरलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेबारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *