TodayPati

जलेश्वरबाट स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित दुई युवक पक्राउ

टुडेपाटी-
महोत्तरी, साउन १६ गते ।

जलेश्वरमा स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी लोहापट्टी नगरपालिका १ बगडा बस्ने वर्ष २४ का रविन यादव र वर्ष २८ का रामईश्वर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शुक्रबार दिउँसो ३ बजेको समयमा जलेश्वर नगरपालिका २ जिरोमाईल स्थित नियमित चेकजाँचमा खटिएको प्रहरी टोलिले जलेश्वरबाट २–०२–००१ प ०४८८ नं.को मोटरसाइकलमा जनकपुर जाँदै गरेको बेला रोकेर चेकजाँच गर्ने क्रममा दुबैजना नगदसहित पक्राउ परेका हुन् ।

Sponsored

दुबैजनाको साथबाट एकहजारको १६ सय ७५ वटा नोट अर्थात १६ लाख ७५ हजार र पाँच सयको ५५० वटा नोट अर्थात २ लाख ७५ हजार गरी जम्मा १९ लाख रुपैयाँ सहिद नियन्त्रणमा लिएर दुबैजनामाथि थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *