TodayPati

वीरगञ्जमा कोरोना संक्रमितको शव गाड्ने विषयमा झडप, ६ राउण्ड हवाई फायर

टुडेपाटी-
वीरगञ्ज, साउन १६ गते ।

वीरगञ्जमा कोरोना संक्रणबाट मृत्यु भएकाको शव अन्त्येष्टि गर्ने विषयमा स्थानीय र प्रहरी बिच झडप भएको छ । वीरगञ्ज महानगरपालिकाको वाड नं. ३१, मिलनचोकका स्थानीयले कोरोना संक्रमितको शव गाड्न नदिने अगाडान लिएपछि झडप भएको हो ।

झडपको क्रममा प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ । सयौंको संख्यामा मिलनचोकमा जम्मा भएका स्थानीयवासीहरुले आफ्नो क्षेत्रमा शव गाड्न नहुने अडान लिएपछि प्रहरीले ६ राउन्ड आश्रु ग्यास र ६ राउण्ड हवाई फायर गरेका छन् । यधपी स्थानीवासी आफ्नो अडानबाट पछि हटेका छैनन् भने उनीहरु प्रहरीमाथि ढुंगामुडा समेत गरेका छन् । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

Sponsored

कोरोना संक्रमणबाट मृत्यु भएकाको शव गाड्नका लागि २ वटा जेसिभी समेत उक्त स्थलमा पुर्याइएको छ । त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी र जेसिभि देख्ने वित्तिकै स्थानीयवासी विरोधमा ठाडो उत्रेर कुनैपनि हालतमा शव व्यवस्थापन गर्न नदिने अडान लिएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *