TodayPati

टुडेपाटी

जनकपुरधाम, कार्तिक १२ गते ।

धनुषाको बटेश्वर गाउँपालिकामा पालिका स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ। बटेश्वर गाउँपालिका–३ मा रहेको जनशक्ति माध्यमिक विद्यालयको खेलमैदानमा, प्रगतिशील युवा क्लबको आयोजनामा प्रतियोगिता आरम्भ भएको हो।

क्रिकेट प्रतियोगिताको उद्घाटन बटेश्वर गाउँपालिकाकी उपाध्यक्ष फुलकुमारी सिंहले गरिन्। क्लबका अध्यक्ष मुकेश सिंहको अध्यक्षतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष सिंह प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् भने समाजसेवी देवनारायण साह विशेष अतिथि थिए। उदघाटन समारोहमा वडा नं. १ का अध्यक्ष अशोककुमार महतो, वडा नं. ३ का अध्यक्ष राममणि कुशवाहा, र वडा नं. ५ का अध्यक्ष शिवकरण यादवलगायतको उपस्थिति थियो।

कार्तिक २३ गतेसम्म चल्ने यो प्रतियोगितामा आयोजकसहित १६ टोलीहरूको सहभागिता रहेको छ। क्लब अध्यक्ष सिंहका अनुसार, विजेता टोलीलाई ३५ हजार रुपैयाँ नगद र सिल्ड प्रदान गरिनेछ भने उपविजेताले २० हजार नगद र सिल्ड प्राप्त गर्नेछ। वडा नं. ३ कार्यालयले खेलमा सहकार्य गरेको छ।

प्रतियोगिताको पहिलो खेलमा आयोजक टोली प्रगतिशील युवा क्लबले भंगहा नगरपालिकाको टोलीलाई ७ विकेटले पराजित गर्दै जित हात पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *