TodayPati

बर्दिबासमा ५० बेडको सरकारी हस्पिटल सञ्चालनमा, शिक्षा मन्त्री पोखरेलले गरे उदघाटन

टुडेपाटी-
बर्दिबास, असार २६ गते ।

बर्दिबासमा ५० बेडको हस्पिटल सञ्चालनमा आएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले उक्त हस्पिटलको शुक्रबार बिहान एक समारारेह बिच उदघाटन गरेका हुन् ।


स्वास्थ्य मन्त्रालयबाट निर्मित सो हस्पिटलमा अहिले कोभिड –१९ रोगको उपचार मात्र हुने जनाएको छ । कोरोना भाइरस संक्रमित भएका बिरामीहरुलाई उपचार गर्न अहिले ५० वटै बेडको सो हस्पिटललाई आइसोलेशन बनाइएको छ ।

Sponsored

हस्पिटलमा कोरोना भाइरस संक्रमण परिक्षण गर्न पीसीआर मेसिन जडान हुन लागेको वाइसिएल नेता शंकर महतोले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *