तीनदिनसम्म निरन्तर वर्षा हुने सम्भावना, सतर्क रहन आग्रह
टुडेपाटी-
काठमाडौं, असार २६ गते ।
आगामी तीन दिनसम्म वर्षा जारी रहने अनुमान गरिएको छ । मनसुनको न्यून चापीय रेखा नेपालनजिकै रहेकाले आगामी तीन दिन देशभर वर्षा व्यापक हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले शुक्रबार बिहानै जारी गरेको बुलेटिन अनुसार आगामी तीन दिन(शुक्रबारदेखि आइतबारसम्म) देशभर वर्षा जारी रहने सम्भावना रहेको छ ।
देशका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म र थोरै ठाउँमा भारी वर्षासमेतको सम्भावना रहेको बताउँदै महाशाखाले बाढी, पहिरो तथा डुबानको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन सबैमा आग्रह गरको छ ।
यस्तै आज शुक्रबार देशैभर सामान्यदेखि ठूलोसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा भइरहेको छ । बिहानैदेखि कामठमाडौं, जनकपुरसहित देशको विभिन्न भागमा झरी परिरहेको महाशाखाले जनाएको छ ।
महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनुसार आज दिउँसो सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
यस्तै राति पनि सातै प्रदेशका धेरैजसो स्थानमा वर्षा जारी रहेने छ भने प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश ५, सुदुरपश्चिम र कर्णाली प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
Sponsored