TodayPati

समातिएकै भोलिपल्ट इन्काउन्टमा मारिए गुण्डा नाइके विकास दुवे

एजेन्सी-
नयाँ दिल्ली, असार २६ गते ।

भारतको कानपुरमा डीएसपीसहित आठजना प्रहरीको हत्या गर्ने गुण्डा नाइके विकास दुवेलाई प्रहरीले इन्काउन्टर गरेको छ ।

ग्याङ स्टार विकास दुबेलाई प्रहरीले इन्काउन्टरमा शुक्रवार बिहानै मारेको छ । बिहिवार मध्यप्रदेशको महाकाल मन्दिरबाट पक्राउ गरिएका उनलाइ प्रहरी कस्टडिमा राखिएको थियो । आज कानपुर लैजाने क्रममा एसटिएफको गाडि पल्टिएपछि घाइते भएका दुबेले प्रहरीको हतियार खोसेर भाग्न खोजेको आरोपमा प्रहरीले गोली हानेर मारेको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।

Sponsored

गाडि दुर्घटना हुँदा दुबेको टाउँकोमा चोट लागेको बताइएको छ । घाइते अवस्थामा नै हतियार खोसेर भाग्न खोजेको भन्दै प्रहरीले फायरिङ गरेको थियो । त्यसपछि प्रहरीले अस्पताल लगेको पनि बताएको थियो तर अस्पताल पुग्नु अगावै दुबेको मृत्यु भइसकेको भारतीय मिडियाले लेखेका छन् ।
उनलाइ यसअघि नै प्रहरीले पटक पटक इन्काउन्टर गर्न खोजेको बताइन्छ । दुबेलाइ इन्काउन्टर गर्ने नाममा अन्य पाँच जना साथीहरूलाइ इन्काउन्टर गरिसकेको र केहिलाइ पक्राउ गरिएको बताइएको छ । उनीबिरूद्व ६५ ओट मुद्वा दायर गरिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *