SNV नेपालद्वारा हातधुने स्टेशन जडान
शुभ नारायण यादव–
सप्तरी ,असार २५ गते ।
एसएनभि नेपालद्धारा सप्तरीको खडक नगरपालीकाको विभिन्न स्वास्थ्य संस्थाहरुमा कन्टयाक्टलेस हातधुने स्टेशन जडान गरेकाे छ ।
स्टेशन जडान गर्ने योजना अनुसार आज कल्याणपुर प्राथमिक स्वास्थय केन्द्रमा जडान गरियो जस अन्र्तगत जडान गरिएको स्टेश्नको एक कार्यक्रम विच खडक नगरपालीकाको प्रमुख मेयर हेमायु हकद्धारा हात धोएर उदघाटन गरिएकाे हाे । उक्त अबसरमा खडक नगरपालीकाका स्वास्थ्य संयोजक जयकान्त पण्डित, वडा नं ७ का वडाअध्यक्ष राकेश कुमार साह लगायत स्वास्थ्य केन्द्रका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कोरोना महामारिको समयमा यस भाईरसबाट बच्नका लागि गरिने विभिन्न उपायहरु मध्ये साबुनपानीले हात धुनुको भुमिका प्रमुख रहेकोले स्वासथ्य संघ संस्थाहरुमा दिनहु आउने सेवाग्राहिबाट हुन सक्ने जोखिमलाई न्युनिकरण गर्न हातधुने स्टेश्न जडान गरीएको एसएनभि नेपालका सुपरभाईजर परमेशवर झाले जानकारी दिनुभयाे । झाका अनुसार खडक नगरपालीका प्रत्येक वडा भित्र रहेका स्वास्थ्यसंस्थाहरुमा जडान गरीने बताउनुभयाे
Sponsored