TodayPati

जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले दियो आधिकारिकता

टुडेपाटी –
काठमाडौं, असार २५ गते ।

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपाल एकीकरण गरी जनता समाजवादी पार्टी (जसपा) गठन गर्ने निवेदनलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ।

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरणपछि बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो ।

Sponsored

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगको बुधबार बसेको बैठकले जनता समाजवादी दल दर्ताको निर्णय गरेको हो ।

अब एकीकरणको प्रमाणपत्र दिने काम र राजपत्रमा सूचना निकाल्ने काम पनि हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *