धनुषाको महेन्द्रनगरमा एक पुरुषको छट्पटाएर मृत्यु
टुडेपाटी-
धनुषा, असार २४ गते ।
धनुषामा सडकपेटीमा एक पुरुषको छटपटाएर मृत्यु भएको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगरस्थितमा सडकपेटीमा अन्दाजी ४५/४६ वर्षको एकजना अपरिचित पुरूष व्यक्ति अचेत अवस्थामा रहेको शव फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सखुवाले जनाएको छ ।
उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाईएकोमा अस्पतालको चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए । उनले मृतकको घरपरिवार सम्म खबर पुर्याउन सहयोग गरी दिन हुन सबैलाई अनुरोध समेत गरेको बताए । मृतकको नाम ठेगाना भने खुल्ल सकेको छैन ।
त्यस्तै उनी छट्पटाईरहेकै छेउमा रहेका स्वास्थ्यकर्मीले कोरोना भाइरसको संक्रमित हुन सक्ने आशंकामा उपचार गर्न आनाकानी गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।