सिन्धुपाल्चोकमा बाढीले करिब एक दर्जन घर बगायो, कम्तीमा १८ जना बेपत्ता
टुडेपाटी-
काठमाडौँ, असार २५ गते ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीले घर बगाउँदा कम्तीमा १८ जना बेपत्ता भएका छन् । बिहीवार राति आएको बाढीमा करिब एक दर्जन घर बगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हाइड्रोपावरमा पनि बाढीले ठूलो क्षति पुर्याएको अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्ज्वल महर्जनले जम्बु र भोटेकोशी गाउँपालिकामा क्षति भएको खबर आएकाले टोली परिचालन गरिएको बताए ।
बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार बाढीले जम्बु बजार नै बगाएको छ ।
Sponsored
बाढीले अरनिको राजमार्ग पनि भत्काएको छ । जुरे पहिरो नजिकबाटै अरनिको राजमार्ग अवरुद्ध छ । अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।
यसैबीच सभामुख अग्निप्रसाद सापकोटासहितको टोली हेलिकप्टरमार्फत काठमाडौंबाट सिन्धुपाल्चोक जाँदै छ ।